Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

गलेश्वर आश्रमको पहिरो निरीक्षणमा अर्थमन्त्री डा महत

गलेश्वर आश्रमको पहिरो निरीक्षणमा अर्थमन्त्री डा महत

दमौली, २० असोज । अर्थमन्त्री डा प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमको निरीक्षण गरेका छन् । आज देवघाट आइपुगेका अर्थमन्त्री डा महतले पहिरोको जोखिममा परेको उक्त आश्रमको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा अर्थमन्त्री महतले आश्रमका बारेमा जानकारी लिँदै पहिरो नियन्त्रणका लागि भइरहेको कामका बारेमा चासो राखेका थिए । निरीक्षणपश्चात् अर्थमन्त्री महतले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारकोतर्फबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत वर्ष असोजमा वेणी नजिक रहेको गलेश्वर आश्रम नजिकै पहिरो खसेपछि आश्रम जोखिममा परेको थियो । पहिरो नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले बोलपत्र (टेन्डर) प्रक्रिया सुरु गरेको जनाएको छ ।

बोलपत्रका लागि कार्यालयका तर्फबाट शुक्रबार स्थलगत अवलोकन भएको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा रू दुई करोड बराबरको टेन्डर आह्वान गर्ने तयारी भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x