Date

आइत, फाल्गुन ११, २०८१
Sun, February 23, 2025

नयाँ नोट असोज २९ गतेदेखि सर्वसाधारणले साट्न पाउने

नयाँ नोट असोज २९ गतेदेखि सर्वसाधारणले साट्न पाउने

काठमाडौं, २१ असोज । यो वर्षको दसैंका लागि सर्वसाधारणले नयाँ नोट असोज २९ गतेदेखि साट्न पाउने भएका छन् । अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले बताए ।

पहिलो चरणमा वाणिज्य बैंकहरूलाई माग अनुसार राष्ट्र बैैंकले नयाँ नोट दिने गरेको छ । ती बैंकहरूले २४ गतेपछि आफ्नो अनुकुलमा नयाँ नोट राष्ट्र बैंकबाट साट्न पाउनेछन् । तर, सर्वसाधारणलाई असोज २९ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गर्नुपर्ने शाक्य बताउँछन् ।

यो वर्ष पनि सधै वर्ष झै एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नै नयाँ नोट साट्ने व्यवस्था गरिने शाक्यको भनाइ छ । पाँचदेखि १०० रुपैयाँको एक बण्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बण्डलका दरले नै प्रतिव्यक्ति उपलब्ध गराइने शाक्यले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x