शेयर कर्जामा गरिएको संशोधनबाट उत्साहित भएनन् लगानीकर्ता, ३५.६७ अंकले घट्यो शेयरबजार

काठमाडौं, २१ असोज । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा ८/१२ बाट बढाएर १५/२० करोड कायम गरे पनि शेयर बजारमा यसको सकारात्मक प्रभाव पर्नुको सट्टा विपरीत अवस्था सृजना भएको छ । साताको पहिलो दिन आइतवार शेयर बजार ३५.६७ अंकले ओरालो लागेको छ । यस दिन बजार मापक नेप्से परिसूचक १.८२ प्रतिशतले घटेर १९२१.२४ अंकमा समेदिएको छ ।
आइतवार २८९ कम्पनीको शेयर कारोबार भएकोमा २१३ कम्पनीको मूल्य घटेको छ भने १६ कम्पनीको मात्र बढेको छ । यस्तै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यस दिन ५८ लाख १५ हजार १८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८० करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।