Date

मङ्ल, चैत्र २५, २०८१
Tue, April 8, 2025

मंसिर दाेस्राे सातादेखि राजधानीमा नेपाल अन्तर्राष्ट्रिय मेला आयोजना हुने

मंसिर दाेस्राे सातादेखि राजधानीमा नेपाल अन्तर्राष्ट्रिय मेला आयोजना हुने

काठमाडौं, २१ असाेज। नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँगको सहकार्यमा आउँदो मंसिर १४ देखि पाँच दिनसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ ।

सोमवार पत्रकार सम्मेलन गर्दै महासंघले मेलाबारे जानकारी दिएको हो । नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)अन्तर्गतका वस्तुहरुको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले हरेक बर्ष यस्तो मेला आयोजना गर्ने गर्दछ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्र ढकालले गत वर्ष कोरोना महामारीको कारण मेलालाई निरन्तरता दिन नसके पनि यो वर्ष आयोजना गर्न लागिएको बताए । उनले मेलाको लागि ५० प्रतिशत भन्दा बढी स्टलहरु बुकिङ भइसकेको बताए । ढकालले मेलामा करिव तीन सय स्टलहरु रहने बताए । उनले मेलामा ७० भन्दा बढी चीनबाट र ८० भन्दा बढी स्टल बुकिङ भारतबाट भएको बताए ।

साथै, मेलामा बंलादेशबाट पनि ४० भन्दा बढी स्टल बुकिङ गरेको ढकालले बताए । उनले लामो समयपछि अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेकाले अन्तर्राष्ट्रिय व्यापार महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताए ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x