प्रहरी परिसर काठमाडौंलाई हिमालयन बैंकको विभिन्न सहयोग
काठमाडौं, २४ असोज । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाण्डौंलाई रुपैयाँ दुई लाख सतसठ्ठी हजार पाँच सय बराबरको Insta 360 Chest Strap सहित पाँच थान Gopro Hero 9 क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौंको अनुरोधको आधारमा काठमाण्डौं जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले काठमाण्डौं जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको हो ।
बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरे । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति थियो ।