५.१६ अंकले बढ्याे नेप्से, एक अर्ब ८८ कराेडकाे काराेबार
काठमाडाैं, २४ असाेज । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ । आज नेप्से परिसूचक ५.१६ अंकले बढेर १ हजार ८ सय ९४ दशमलव ७६ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से परिसूचक १९.०६ अंकले घटेकाे थियाे ।
त्यस्तै, आज कराेबार रकम भने बढेकाे छ । आज ३७ लाख ३३ हजार ५२४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८८ कराेड ५४ लाख ७ हजार ९८० बराबरकाे काराेबार भएकाे छ । हिजाे मंगलबार एक अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ बराबरको कारोबार भएको थियाे ।
बुधबार २८६ कम्पनीको शेयर कारोबार भएकोमा १३७ कम्पनीको मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । यस्तै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।