Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

पानीको जारमा लार्भा भेटिएपछि महानगरले उद्योगलाई गर्‍यो कारबाही

पानीको जारमा लार्भा भेटिएपछि महानगरले उद्योगलाई गर्‍यो कारबाही

काठमाडौं,२६ असाेज। काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठमा रहेको पशुपति पानी उद्योगलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ।

बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो। महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ।

काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि एक लाख रुपैयाँ जरिवाना गरेको थियो।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *