सिटिजन्स बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न ५.७९ प्रतिशत लाभांश पारित
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा आज मिति २०८० साल आश्विन महिना २६ गते, शुक्रबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौमा सम्पन्न भएको छ ।
यस अवसरमा आ.व. २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एनएफआर(NFRS) बमोजिम तयार गरिएको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत (Consolidated) वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने रु. ८२,२१,६१,६५२।९६ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
साधारण सभाबाट श्री प्रवल जङ्ग पाण्डे, श्री सीता कार्की (के .सी.), श्री सजन शर्मा र श्री दिग्विजय विष्ट बैंकको संचालक समितिको सदस्य मा निर्वाचित भएका छन् ।
शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने बैंकले जनाएको छ । आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने बैंकले जनाकारी दिएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।