Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

बडादशैंको अवसरमा एक वर्षका लागि डिशहोम फाइबर नेट जोड्ने ग्राहकले दुई वर्षको सेवा पाउने

बडादशैंको अवसरमा एक वर्षका लागि डिशहोम फाइबर नेट जोड्ने ग्राहकले दुई वर्षको सेवा पाउने

काठमाडौं,२९ असाेज । बडादशैंको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने भएका छन् । हिजाेबाट डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि उक्त अफर ल्याएको हो ।

अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् ।

थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाई वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ ।चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ ।

एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा अफर हिजाेदेखि कात्तिक ११ सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *