Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

सिटिजन्स बैंक मोवाइलको अपडेटेट एप मार्फत मुद्दती खाता नै खोल्न सक्ने, एपमा नँया सुविधाहरु थप

सिटिजन्स बैंक मोवाइलको अपडेटेट एप मार्फत मुद्दती खाता नै खोल्न सक्ने, एपमा नँया सुविधाहरु थप

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको मोबाइल बंैकिङ्ग अनुभव अभिवृद्दि गराउने र वास्तविक डिजिटल बैंकिङ को अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोवाइल बंैकिङ्ग एपमा नँया सुविधाहरु थप गरेको छ । अव ग्राहकहरुले मोवाइल बैंकिङ्ग एप मार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेविट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सिमा हेर्ने जस्ता सुविधाहरु थप गरेको छ ।

डिजिटल बैंकिङ्गलाई सधंै प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बंैकिङ्ग एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्यउपयोगी सेवाहरु समेत थप गरेको छ ।

यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बंैकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बंैकिङ्ग एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । यस सेवा अन्तर्गत ग्राहकहरुले बंैकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झन्झट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने छन् । सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ UI मा अपग्रेड गरिएको छ जसले प्रयोगकर्ताको अनुभव बढाउने बैंको भनाइ छ । लगइन मेनु पनि पुनस् संगठित गरिएको छ जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, emi क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ ।

लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्ता मैत्री बनाइएको छ र साथै नेपालपे को क्युआर मार्फत व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरू जस्ता विभिन्न नयाँ सुविधाहरू ल्याएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x