Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न अनुमति, सर्वसाधारणलाई भने पछि

सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न अनुमति, सर्वसाधारणलाई भने पछि

काठमाडौं, १ कात्तिक । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ । योसँगै बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनको ब्रेक थ्रु भएको छ ।

बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न गत सोमबार (असोज २९ गते) स्वीकृति प्रदान गरेको हो । कम्पनीले बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न २०७९ असार २८ गते आवेदन दिएको थियो । तर, आवेदन दिएको १५ महिनापछि मात्र स्वीकृति पाएको छ ।

कम्पनीने अब पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए । श्रेष्ठका अनुसार संस्थागत लगानीकर्ताका लागि बोर्डले ४० प्रतिशतले हुने २४ लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट निष्कासन गर्न स्वीकृति बोर्डले दिएको हो ।

यो आईपीओको कट अफ प्राइज ४०१ रुपैयाँ रहेको पनि श्रेष्ठले बताए । यो कम्पनीको आधार मूल्य ५०१ रुपैयाँ तय गरी बिक्री मूल्यमा माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि जान सक्ने गरी ६०० रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४०१ रुपैयाँभित्र योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्न स्वीकृति दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

कम्पनीले स्वीकृति पाएसँगै योग्य संस्थागत लगानीकर्ताबाट आईपीओको लागि आवेदन माग गर्नेछ । तर, सर्वसाधारणलाई भने कटअफ मूल्यमा १० प्रतिशत छुट दिई बाँकी रहेको ६० प्रतिशत सेयर निष्कासन हुनेछ । पहिलो चरणमा योग्य संस्थागत लगानीकतालाई निष्कासन गर्नेगरी २४ लाख कित्ता सेयर बिक्री गर्न धितोपत्र बोर्डले कम्पनीलाई स्वीकृति दिएको हो ।

यो आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x