Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

सिटिजन्स बैंंकका अध्यक्ष श्री प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण

सिटिजन्स बैंंकका अध्यक्ष श्री प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण

नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकका अध्यक्ष श्री प्रवलजङ्ग पाण्डेलाई गभर्नर श्री महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

अध्यक्ष पाण्डे बैंकको १७औं साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । यस अघि पाण्डेले बैंकको संचालकको हैसियतमा चार वर्ष कार्य गरिसकेका छन्।
इन्जीनियरिङ्ग संकायमा स्नातक गर्नुभएका पाण्डे विगत दुई दशक भन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न हुनुहुन्छ । नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्द भई नेतृत्वदायी भूमिका निभाइरहनु भएका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको छ ।

सपथ ग्रहण पश्चात कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष श्री पाण्डेले गर्भनर लगायत उपस्थित सम्मपूणलाई धन्यवाद ज्ञापन गर्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाको वारेमा प्रकाश पार्नु भयो । अन्त्यमा गभर्नर श्री अधिकारीले सम सामयिक एवं समग्र बैकिङ्ग क्षेत्रको विषयमा धारण व्यक्त गर्नुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x