Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

होटल संघ नेपालको दशैं परिकार उत्सवमा पर्यटकहरुको अभिरुची बढ्दो

होटल संघ नेपालको दशैं परिकार उत्सवमा पर्यटकहरुको  अभिरुची बढ्दो

होटल संघ नेपालले सदस्य होटलहरुमार्फत सञ्चालन गरेको दशैं परिकार उत्सवमा पर्यटकहरुको उत्साहजनक रुची बढेको छ ।

सो उत्सव सञ्चालन गरेका झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटल, चितवनको जंगल सफारी लज, पोखराको होटल बाराही र काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतका सदस्य होटलहरुमा पर्यटक तथा स्थानीयहरुको राम्रो सहभागिता रहेको र फुलपाति पछि सुरु हुने सार्वजनिक बिदा अवधिमा अग्रिम बुकिङ समेत बढेको संघले जनाएको छ ।होटलहरुले दशैंमा खाइने खासगरी थरिथरीका मांसाहारी परिकार पर्यटकहरु माझ आकर्षक छुटका साथ पेश गरेका छन् । घटस्थापनादेखि कात्तिक ११ गते कोजाग्रत पूर्णिमासम्म १५ दिन सञ्चालन हने सो कार्यक्रमले पर्यटकहरु माझ दशैं बिदाको रौनक थप्नुका अतिरिक्त रैथाने खाना प्रवद्र्धन गर्ने उद्देश्य रहेको होटल संघ नेपालले जनाएको छ ।

काठमाडौंमा जारी गैर आवासीय नेपालीहरुको विश्व सम्मेलनका संसारभरबाट आएका सहभागीहरु र विदेशी नियोगहरुमा कार्यरत विदेशीहरु, कर्पोरेट ग्राहकहरु र आन्तरिक पर्यटकहरुको समेत उत्सवमा उल्लेखनीय सहभागिता रहेको पनि जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x