कुमारी बैंक लिमिटेडको ऋणपत्र निष्कासन खुला
काठमाडौं, २ कात्तिक । कुमारी बैंक लिमिटेडले आज (बिहीवार)देखि ऋणपत्र निष्कासन खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ निष्काशन गरेको हो।
प्रति ऋणपत्र रु. १,००० अंकित मूल्यका दरले रु. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ऋणपत्रको दरले रु. ३ अर्ब ऋणपूँजी रकम व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने ४० प्रतिशत अर्थात् २० लाख कित्ता ऋणपत्रको दरले रु. २ अर्ब रकम सर्वसाधारणलाई निष्काशन गरिएको गरिने छ ्र सर्वसाधारण मध्यमा ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
उक्त ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण ५ लाख कित्ताकाका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले छिटोमा कात्तिक १२ गते र ढिलोमा कात्तिक १६ गते आवेदन दिन सक्नेछन्। ‘मेरो सेयर’ प्रयोग गरी सिआस्बा प्रणालीमार्फत र धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ ।