सामान्य अंकले घट्याे शेयर बजार,९ अर्ब ३७ करोडकाे कारोबार
काठमाडौं,२९ असोज । साताको पाचाैँ कारोबार दिन बिहिबार शेयर बजार ६ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.३१ प्रतिशतले घटेर १९०१.८९अंकमा समेटिएको छ ।
यस दिन २८३ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १५८ कम्पनीको शेयरमूल्य घटेको छ, ७१ वटाको बढेको छ भने बाँकी ६ वटाको शेयरमूल्यमा घटबढ भएको छैन । बिहिबार ३६ लाख ५८ हजार ५०७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड ५२ लाख ४८ हजार ६० रुपैयाँकाे कारोबार भएको छ ।