माछापुच्छ्रे क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न, वित्तीय विवरण र लेखापरीक्षक नियुक्तीको प्रस्ताव पारित

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बालुवाटार प्यालेस बैंक्वेटमा आज सम्पन्न साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९÷०८० को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरण पारित गरेको हो ।
यस्तै साधारण सभाले चालू आर्थिक वर्ष २०८०÷०८१का लागि नयाँ लेखापरीक्षकको नियुक्तीको प्रस्ताव समेत पारित गरेको हो । साधारण सभा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको आतिथ्यता रहेको थियो ।
हाल कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएको छ । सामुहिक लगानी कोष अन्तर्गत कोष व्यवस्थापक तथा डिपोजिटरीको लाईसेन्सको प्रक्रिया अन्तिम चरणमा पुगेको र कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक लगायतका थप सेवाको लागि प्रक्रियामा रहेको जनाइएको छ ।
कम्पनीले आगामी दिनमा पुँजीबजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने प्रतिवद्धता समेत जनाएको छ ।