Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

भारतमा ईसाई प्रार्थना सभामा भएको विस्फोटमा मर्नेको सङ्ख्या तीन पुग्यो

भारतमा ईसाई प्रार्थना सभामा भएको विस्फोटमा मर्नेको सङ्ख्या तीन पुग्यो

काठमाडाैं, १३ कात्तिक । भारतमा एउटा ईसाई प्रार्थना सभाका क्रममा घरेलु बम विस्फोटबाट मर्नेको सङ्ख्या बढेर तीन पुगेको प्रहरीले सोमबार बताएको छ । अधिकारीहरूले बम विस्फोट गराएको दावी गर्ने एक व्यक्तिसँग सोधपुछ गरेको बताइएको छ ।

आइतबार बिहान दक्षिणी राज्य केरलको एउटा कन्भेन्सन सेन्टरमा दुई हजारभन्दा धेरै यहोवाका साक्षीहरूको तीन दिने बैठक चलिरहेको बेला विस्फोट हुँदा आगोको गोला भिडमा परेको थियो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट विस्फोट तत्कालिक विस्फोटक उपकरणमार्फत भएको थियो । विस्फोटबाट एक महिलाको तत्काल मृत्यु भएको थियो भने अर्की महिलाको चोटका कारण धेरै घन्टापछि मृत्यु भएको थियो ।

स्थानीय सहायक प्रहरी आयुक्त पीभी बेबीले शरीरका धेरै भाग जलेका कारण एक १२ वर्षीय बालिकाको मृत्यु भएको जानकारी दिए ।

बन्दरगाह कोच्ची सहर नजिकै कलामासेरीमा विस्फोट भएको थियो । केही घन्टापछि एक व्यक्तिले सामाजि सञ्जालमा सन्देश जारी गर्दै र टेलिभिजन च्यानलहरूमा प्रसार भएपछि आत्मसमर्पण गरेका थिए । उनले आफूलाई चर्चको असन्तुष्ट सदस्य भएको दावी गरेका थिए ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x