घट्याे सुन-चाँदीकाे भाउ, आज कतिमा हुदैँछ खरिद-बिक्री ?

काठमाडाैं, १५ कात्तिक। मंगलबार प्रतितोला ५०० रुपैयाँले घटेको सुनको मूल्य आजभने प्रतितोला १ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू १ लाख १५ हजार र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँ निर्धारण गरिएकाे छ।अघिल्लाे दिन मंगलबार छापावाल सुन प्रतिताेला रू १ लाख १६ हजार र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।
त्यसैगरी, आज चाँदीको मूल्यपनि घटेकाे छ ।अघिल्लाे दिन प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजभने १३ सय ८५ रुपैयाँ निर्धारण गरिएकाे छ।