Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

एसिया क्षेत्रका लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न चन्द्रप्रसाद ढकालकाे आह्वान

एसिया क्षेत्रका लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न चन्द्रप्रसाद ढकालकाे आह्वान

काठमाडाैं, २० कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एसिया क्षेत्रका लगानीकर्ताहरुलाई नेपालको जलविद्युतमा लगानी गर्न आह्वान गरेका छन् ।

काठमाडौंमा सुरु भएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (सीएसीसीआई) सम्मेलनमा अध्यक्ष ढकालले भारतमा समेत विद्युत बिक्री बढ्दै गएको अवस्थामा विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न आह्‍वान गरेका हुन्।

अध्यक्ष ढकालले पर्यटन क्षेत्रमा समेत ठूलो सम्भावना रहेको बताउँदै नेपाल लगानीका हिसाबले उत्कृष्ट गन्तव्य रहेको बताए। २०१५ को भूकम्प र कोरोना महामारीपछि नेपालले तीव्ररुपमा कमब्याक गरेको उनले बताए।

पर्यटन क्षेत्रमा समेत ठूलो सम्भावना रहेको बताउँदै उनले नेपाल लगानीका हिसाबले उत्कृष्ट गन्तव्य रहेको समेत बताए । चीन र भारतजस्ता उदाउँदो अर्थतन्त्रको बीचमा रहेको नेपालमा ठूलो बजार रहेको उनको भनाइ थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x