Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

हिमालयन बैंकद्वारा भूकम्प पिडितलाई २१ लाखकाे राहत सामाग्री वितरण

हिमालयन बैंकद्वारा भूकम्प पिडितलाई २१ लाखकाे राहत सामाग्री वितरण

काठमाडाैं, २३ कार्तिक ।  हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पिडितहरुका लागि एकाइस लाख रुपैया बराबरको राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ ।

गत शुक्रबार २०८० साल कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमलाई निकै ठूलो जीउ–धनको क्षति पु¥याएको हुँदा यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरुलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैंकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई कार्तिक २१ र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई कार्तिक २२ गते हस्तान्तरण गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x