कारोबारको अन्तिम दिन नेप्सेमा सामान्य अंकको गिरावट
काठमाडौं, २३ कात्तिक: कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज शेयर बजार ११ दशमलव ८५ अंकले घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ६३ प्रतिशतले बढेर १८५२ अंक पुगेको छ ।
आज २८ लाख ३३ हजार १३१ कित्ता खरिदबिक्री हुँदा ८३ करोड ६० लाखको कारोबार भएको छ ।
आज २३७ कम्पनीको सेयर कारोबार भएको छ भने ५७ कम्पनीको मूल्य बढेको छ भने १७५ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
नेप्से अब तिहारपछि मात्र खुल्नेछ