बढ्याे सुन-चाँदीकाे भाउ, आज कतिमा हुदैँछ खरिद-बिक्री ?

काठमाडाैं, २४ कात्तिक । बिहिबार प्रतितोला १००० रुपैयाँले घटेको सुनकाे मूल्य आजभने १००० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँ निर्धारण गरिएकाे छ। अघिल्लाे दिन बिहिबार छापावाल सुन प्रतिताेला रू एक लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।
त्यसैगरी, आज चाँदीको मूल्यपनि बढेकाे छ । अघिल्लाे दिन प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय निर्धारण गरिएकाे छ।