Date

शनि, चैत्र २९, २०८१
Sat, April 12, 2025

धनतेरस लक्षित ४३ हजार थान सुन–चाँदीका सिक्का बिक्री

धनतेरस लक्षित ४३ हजार थान सुन–चाँदीका सिक्का बिक्री

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकबाट तिहार लक्षित सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएका छन् । बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले धनतेरसलाई लक्षित गरी गत आइतबारदेखि सुन–चाँदीका सिक्का बिक्री सुरु गरेको थियो ।

राष्ट्र बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सिक्का (असर्फी) तथा चाँदीका १० ग्राम र २५ ग्रामका सिक्का (मेडालियन) बिक्री गर्दै आएको छ । सुनचाँदीको प्रचलित बजार मूल्यमा निर्माण लागत थप गरी राष्ट्र बैंकले सिक्का बिक्री गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x