दाेहाेराे अंकले घट्यो शेयर बजार, १ अर्ब १ करोडकाे कारोबार
काठमाडौं, १३ मंसिर । साताको चाैथाे कारोबार दिन बुधबार शेयर बजार १७.९३ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.९४ प्रतिशतले घटेर १८७६.६० अंकमा समेटिएको छ ।
यस दिन २८५ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १९० कम्पनीको शेयरमूल्य घटेको छ, ४२ वटाको बढेको छ भने बाँकी ७ वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।
बुधबार ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँकाे कारोबार भएको छ ।