Date

सोम, पुस १५, २०८१
Mon, December 30, 2024

नेपालको जलविद्युत विकासका लागि एडिबी र विश्व बैंकबीच सहकार्य

नेपालको जलविद्युत विकासका लागि एडिबी र विश्व बैंकबीच सहकार्य

काठमाडाैं, २० मंसिर । नेपालको जलविद्युत क्षेत्रको विकासका लागि विश्व बैंक र एसियाली विकास बैंकले संयुक्तरुपमा सहकार्य गरेका छन् । माथिल्लो अरूण र दूधकोशी जलविद्युत आयोजनाको दिगो विकासका लागि विश्व बैंक र एसियाली विकास बैंकले सहकार्य गरेका हुन् ।

दुई संस्थाबीच ५ वर्षे सहकार्यका लागि समझदारी पत्रमा आज हस्ताक्षर भएको हो । आज विश्व बैंकका तर्फबाट मार्टिन रेसर र एडीबीका तर्फबाट फातिमा यास्मिनले कोप २८ मा पाँच वर्ष सँगै काम गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्।

नेपाल सरकार, विकास साझेदार र निजी क्षेत्रबीचको सहकार्यबीना नेपालमा प्रचुर सम्भावना भएको जलबिद्युत पूर्ण उपयोग हुन नसक्ने विश्व बैंकका मार्टिन रेसरले बताए । नेपालकाे जलविद्युत क्षेत्रमा यस समझदारीले आर्थिक र नीतिगत सहकार्यको आधार खडा गरेकाे उनकाे भनाइ छ । यसले मुलुककाे समावेशी  र दिगाे विकासकाे लक्ष्यलाई सहयाेग गर्ने बताइएकाे छ ।

यस्तै सम्झौता नेपालको ऊर्जा आपूर्तिलाई बलियो बनाउनको लागि ठूलो कदम रहेकाे र यसले छिमेकी मुलुकसँग बिजुलीको व्यापार गर्न पनि मद्दत गर्ने एडिबीकी क्षेत्रीय उपाध्यक्ष फातिमा यास्मिनले बताइन् । क्षेत्रीय सहयोग, आर्थिक वृद्धि र हरित र समावेशी विकासलाई सहयाेग गर्ने उनकाे भनाइ छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x