सुनकाे मूल्य बढ्दा घट्याे चाँदी, आज कतिमा हुदैँछ काराेबार ?

काठमाडाैं, २१ मंसिर । बुधबार ८ सय रुपैयाँले घटेको सुनको मूल्य आजभने २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँ निर्धारण गरिएकाे छ । बुधबार छापावाल सुन प्रतिताेला रू एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ८५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।
त्यसैगरी, आज चाँदीको मूल्यभने घटेकाे छ । बुधबार प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आजभने १४ सय ६० रुपैयाँ निर्धारण गरिएकाे छ ।