Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ४.८ प्रतिशतले बढ्यो कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ४.८ प्रतिशतले बढ्यो कर्जा प्रवाह

काठमाडाैं, २४ मंसिर । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा बढेकाे छ । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा कर्जा प्रवाह ४.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.४ प्रतिशतले बढेको थियो ।

त्यसैगरी, वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.९ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.२ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धि मौद्रिक नीतिमा प्रक्षेपण गरिएभन्दा न्यून रहन गएको छ । निक्षेपको वृद्धि सन्तोषजनक रहनुको साथै ब्याजदर घट्दो क्रममा रहेकोले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कर्जा विस्तारमा सुधार हुने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x