Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

तीन महिनामा १.३ प्रतिशतले बढ्याे वैदेशिक व्यापार

तीन महिनामा १.३ प्रतिशतले बढ्याे वैदेशिक व्यापार

काठमाडाैं,२४ मंसिर । आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वैदेशिक व्यापार बढ्दै गएकाे छ ।अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले बढेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार १८.५ प्रतिशतले घटेको थियो ।

चालु वर्षको तीन महिनामा वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले घटेको छ भने वस्तु आयात १.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएकाे छ ।

यस अवधिमा मासिक औसत आयात रु.१३३ अर्ब ६७ करोड रहन गएको छ ।

व्यापार सन्तुलनमा दिगो सुधार ल्याउन विद्युतको उत्पादन र निर्यातमा विशेष जोड दिनु पर्ने राष्ट्र बैंकले बताएकाे छ ।

वैदेशिक व्यापारतर्फ सेवा खाता घाटा बढ्दै गएको छ । समीक्षा अवधिमा सेवा खाता घाटा अघिल्लो वर्षकोसोही अवधिको तुलनामा २४.५ प्रतिशतले वृद्धि भई रु.२९ अर्ब ५६ करोड पुगेको छ ।

समीक्षा अवधिमा सेवा निर्यात रु.५३ अर्ब २८ करोड र सेवा आयात रु.८२ अर्ब ८५ करोड रहेको छ । सेवा आयातअन्तर्गत शिक्षातर्फको खर्च ८४.१ प्रतिशतले वृद्धि भई रु.३२ अर्ब ९२ करोड पुगेको छ ।

समीक्षा अवधिमा नेपाल आउने बाह्य पर्यटकको संख्यामा वृद्धि भई भ्रमण आय ५१.३ प्रतिशतले बढेको छ । पछिल्ला महिनाहरुमा पर्यटक आगमन कोभिड पूर्वभन्दा उच्च रहन गएको छ ।h

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x