Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मुलुककाे अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री महत

मुलुककाे अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री महत

काठमाडौं, २७ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुककाे समग्र अर्थतन्त्र सकारात्मक दिशामा रहेको दाबी गरेका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अर्थतन्त्रमा पहिलेभन्दा धेरै सुधार आएको दाबी गरेका हुन् ।

समग्रमा आर्थिक सूचक सकारात्मक भएर गए पनि ग्राउन्डमा हुने उत्पादन वृद्धि तथा रोजगारी वृद्धिमा केही समय लाग्ने र यो काम रातारात नहुने महत भनाइ छ ।

ऋण प्रवाहमा वृद्धि, पर्यटन आवागमनमा उच्च वृद्धि, विप्रेषणमा वृद्धि लगायतले बाह्य परिवेशमा देश सहज अवस्थामा रहेकाे भन्दै उनले मौद्रिक नीतिपछि सेयर मार्केटले सकारात्मक लय समातेकाे बताए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x