Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

२८ दिन भित्र मेलम्चीको पानी काठमाडौं ल्याइने

२८ दिन भित्र मेलम्चीको पानी काठमाडौं ल्याइने

काठमाडौं , ४ पौष । मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण हुने दाबी गरेको छ।

 

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दलले काठमाडौं उपत्यकामा वितरण गर्ने जनाएका हुन्।पन्तले जारी गरेको विज्ञप्तिमा पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम गर्नेगरी जनशक्ति परिचालन गरिएको उल्लेख छ।

 

बाढी पहिरोले आयोजनामा क्षति पुगेपछि  गत असार ८ गतेदेखि आयोजनाले काठमाडौं उपत्यकामा पानी वितरण रोकेको छ।  आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाएको थियो। तर, पुस लाग्दासमेत पानी वितरण हुन सकेको छैन।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x