ताेलामा १००० रूपैयाँले बढ्यो सुनको मूल्य
काठमाडाैं, ४ पुस । बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला दुई सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला १००० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रूपैयाँ कायम भउकाे छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँ कायम छ।
मंगलबार छापावाल सुन प्रतिताेला एक लाख १८ हजार रुपैयाँमा काराेबार भएकाे थियाे भने तेजावी सुन प्रतिताेला एक लाख १७ हजार ४५० रुपैयाँमा काराेबार भएकाे थियाे ।
यता चाँदीको मूल्य आज तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।