Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?

बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं, ६ पुस । बिहिबार स्थिर रहेकाे सुनकाे मूल्य शुक्रबार बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा ८०० रूपैयाँले बढेकाे हाे ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ८०० रूपैयाँ कायम भएकाे छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार २५० रूपैयाँ कायम छ।

बुधबार छापावाल सुन प्रतिताेला एक लाख १९ हजार रुपैयाँमा काराेबार भएकाे थियाे भने तेजावी सुन प्रतिताेला एक लाख १८ हजार ४५० रुपैयाँमा काराेबार भएकाे थियाे ।

यता बिहिबार १ हजार ४८० रूपैयाँमा काराेबार भएकाे चाँदीको मूल्य आज तोलामा ५ रूपैयाँले बढेर प्रतितोला एक हजार ४८५ रूपैयाँमा कारोबार भइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *