हिमालयन बैंक ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ बाट सम्मानित

काठमाडाैं, ६ पुस । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस , जेसिबी,मास्टर कार्ड, युनियन पे एवं भिजा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले “Excellence In POS Acquiring Business 2023” र “Excellence in Consumer Cards- Prepaid 2023” पुरस्कार
प्राप्त गरेको छ ।
भिजाद्वारा आयोजित एक समारोहका विच प्रमुख अतिथि डिपुटी गर्भनर बम बहादुर मिश्रा, नेपालका लागि भिजाका प्रतिनिधि वासु सौम्य, लगायत अन्य विशिष्ट अतिथिहरुका उपस्थितिमा बैंकलाई दुबै अवार्ड प्रदान गरि सम्मान गरिएको थियो ।
बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गर्ने नेपालको एक मात्र बैंक हो । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटिएम, पिओएस तथा इकमर्स गेटवे मार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ ।
सो अवसरमा बैंकले आफ्ना विशिष्टिकृत सेवामाहरुमा आवद्द भई कार्ड अक्युरीङ बिजनेश गरिरहेका मर्चेन्ट, शुभेच्छुक एवं ग्राहकवर्गप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले Diners/Discover तथा Rupay ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको छ ।
हाल बैंकको २७० वटा एटिएम, ६५०० भन्दा बढि पीओएस तथा करिब ८०० इकमर्श मर्चेन्ट मार्फत कार्डका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।