Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नेपाल लघुवित्त बैङ्कर्स संघको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल लघुवित्त बैङ्कर्स संघको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, ८ पुस । नेपाल लघुवित्त बैङ्कर्स संघको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले संघको वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गर्न तथा सक्षम नेतृत्व चयन हुने विश्वास सहित शुभकामना व्यक्त गरे। उनले लघुवित्त वित्तीय संस्थाहरुले देशको ७७ वटै जिल्लाबाट वित्तीय सेवा उपलब्धता गराएता पनि अझै करिब १०० वटा पालिकामा वित्तीय सेवा पुग्न नसकेको भन्दै सबै गांउपालिकामा वित्तीय सेवा उपलब्ध गराउनु पर्ने आवश्यकता रहेको बताए ।

संघका कार्यवाहक अध्यक्ष राम बहादुर यादवकोे अध्यक्षतामा सञ्चालन भएको सभाको बन्द सत्रले आ.व. २०७९÷८० को वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन र आ.व. २०८०÷८१ को वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ ।

साथै, साधारण सभामा आगामी दुई वर्षका लागिसंघको नयाँ कार्यसमितिमा निम्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षमा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका राम बहादुर यादव निर्वाचित भएका छन् भने उपाध्यक्षमा मरेोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका राम हरि दाहाल निर्वाचित भएका छन् ।

यस्तै महासचिवमा सञ्जय कुमार मण्डल, कोषाध्यक्षमा विनोद आचार्य र सदस्यहरूमा बद्री प्रसाद दुलाल, श्याम कुमार कटुवाल, शारदा कुमारी खत्री, सुरेश बहादरु बम, शोगत बिर चौधरी, शिव प्रसाद ज्ञवाली निर्वाचित भएका छन्
 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x