धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न निर्देशन
काठमाडाैं, १२ पुस । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालकाे म्पत्ति छानबिन गर्न निर्देशन दिएकाे छ । लेखा समितिले अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई साे निर्देशन दिएकाे हाे ।
समितिले बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्न दिएको विषयमा छलफल गर्न बोलाएकामा हमाल बैठकमा अनुपस्थित भएका थिए। विना जानकारी हमाल बैठकमा अनुपस्थित भएको भन्दै समितिले खेद समेत प्रकट गरेको छ ।
समितिले नियमावली संशोधन गरी प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिंदा हमालले ठूलो भ्रष्टाचार गरेको आशंका गरेकाे छ।