एनसेल छानविन समितिको एक महिना सकियो, तर अझै तयार भएन प्रतिवेदन, छानबिनमा आशंका

समितिले पुनः माघ १५ सम्मको समय थप गरिदिएको छ । एनसेलले अझैसम्म नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणमा शेयर खरिदबिक्रीको सम्झौताको पत्र बाहेक अरु कुनै डकुमेन्ट नै बुझाएको छैन दुरसंचार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
शेयर खरिदबिक्रीका लागि प्राधिकरणबट पूर्वस्विकृती अनिवार्य सर्त हो । प्राधिकरणको स्विकृतीपछि मात्र कम्पनी रजिष्ट् ारकार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउन सक्छ । सरकारद्वारा गठित समितिले पनि प्राधिकरण र एनसेलबाट कुनै पनि कागजात नपाएको बताइएको छ । यसले छानविनमा आशंका उब्जाएको सांसद सुमना श्रेष्ठले शिक्षा समितिको बैठकमा ध्यानाकर्षण गराएकी थिइन ।
समितिलाई कुनै पनि कागजात नबुझाउनु र अनुसन्धान गर्दै गर्दा नियामक निकायको अध्यक्षलाई नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै दबावमा राजीनामा दिन बाध्य पार्नुले छानविन माथि थप आंका बढाएको छ ।
अर्थकोअर्थ
Related Posts
-
सिबिफिनको स्वागत : मौद्रिक नीतिले ‘दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्र’ तर्फको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको घोषणा
-
भारतमा टेस्लाको औपचारिक पाइला : मुम्बईको बिकेसीमा पहिलो ‘अनुभव केन्द्र’ उद्घाटन हुँदै
-
बैंकको फाइलमा अड्किएको ४५ अर्ब: ११ महिनामा गैरबैंकिङ सम्पत्तिमा १० अर्बको भारी वृद्धि, फाइनान्सको अवस्था झन् नाजुक