Date

बुध, माघ २, २०८१
Wed, January 15, 2025

६५ औँ वार्षिकोत्सव मनाउँदै ब्रिटिस काउन्सिल नेपाल 

६५ औँ वार्षिकोत्सव मनाउँदै ब्रिटिस काउन्सिल नेपाल 

काठमाडाैं, २६ पुस । ब्रिटिस काउन्सिल नेपालले मूख्य कार्यालय लण्डनमा प्रदर्शनीआयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गरेकाे छ ।

नेपालका लागि बेलायती राजदूत महामहीम रब फेनले यस अवसरलाई कोशेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरे । महामहीम राजदूत रब फेनले भने, ‘बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थाई रहेको छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकहिरुबीचको सास्कृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुध्रिढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।’

त्यसैगरि बेलायतका लागि नेपाली राजदूत महामहीम ज्ञानचन्द्र आचार्यले ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्दछ, बिगतलाई झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गरेकाे बताए ।

उनले भने, ‘दुई शताब्दीभन्दा लामो द्धिपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरुबीचको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुधिढ बनाउन सघाउँदछ ।’

ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक, शाहिदा म्याकडुगले पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गरिन् । ‘विविगतका ६ दशकहरुमा हामीले थुप्रै व्यक्तित्व र संघसंस्थाहरुसँग मिलेर लाखोंबीच पुग्न सकेका छौं, उनले भनिन् ‘साथै ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा साँस्कृतिक फाँटमा रुपान्तरणकारी प्रभाव छोड्न सफल भएकोछ।’

लण्डन मूख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानहरुलाई प्रष्टाएको छ । विगतका ६५ बर्षहरुमा ब्रिटिस काउन्सिल नेपालले साझेदारीहरुलाई अभिबृद्धि गर्दै, सहकार्यलाई सहजिकरण गर्दै विभिन्न कार्यक्रमहरु मार्फत समुदायमा गतिलो छाप छोड्न सम्भव तुल्याएको छ ।

 

बेलायत र नेपालबीच कूटनैतिक सम्वन्धको एक अशंका रुपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो । त्यस उप्रान्त, नेपाल सरकारको शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरुमा यो भरपर्दा साझेदारका रुपमा बिकास भएको छ, जसका प्रभावहरु लाखौं जनताहरुबीच पुगेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x