माघ १ देखि मेलम्चीको पानी काठमाडौंको धारामा झर्ने
काठमाडौं, २९ पौष । आउँदो माघ १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने भएको छ । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको शनिबार अनुगमन तथा निरीक्षण गर्दै खानेपानी मन्त्री महेन्द्र यादवले मन्त्री यादवले माघ १ गते बिहान ९ बजेदेखि काठमाडौंमा वितरण सुरु हुने जानकारी दिए ।
अब बाह्रै महिना काठमाडौंमा मेलम्चीको पानी वितरण हुने दाबी गरे । काठमाडौंका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिएकाले मर्मत र खानेपानी मिटर जडान गर्न उनले निर्देशन दिए ।
माघ १ गतेदेखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिक रूपमा वितरण गरिने योजना छ ।