Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

३१ अंकले घट्यो नेप्से परिसूचक, सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको

३१ अंकले घट्यो नेप्से परिसूचक, सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको

काठमाडौं, ८ माघ । साताको कारोबार हुने दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।

आइतबार २५ दशमलव ६३ अंकले घटेको बजार सोमबार पनि ३१ दशमलव ४९ अंकले घटेर २ हजार ९८ विन्दूमा बन्द भएको हो ।

सोमबार १ करोड ८० लाख कित्ता शेयर ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने २०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

नेप्सेका अनुसार अपर स्यांगे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयरमूल्य  ९ प्रतिशतले बढेको छ ।

सोमबार सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड रहेको छ । उक्त कम्पनीको ७ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको हो ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x