Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

नेपालको कुल ऋण पौने २४ खर्ब पुग्यो, ६ महिनामै ८५ अर्ब ऋण थपियो

नेपालको कुल ऋण पौने २४ खर्ब पुग्यो, ६ महिनामै ८५ अर्ब ऋण थपियो

काठमाडौं, ८ माघ । चालु आर्थिक वर्षको ६ महिनामा  नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। यसमध्ये आन्तरिक ऋण ११ खर्ब ९८ अर्ब चार करोड २२ लाख र बाह्य ऋण ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख बराबर हो ।

गत आर्थिक वर्ष २०७९/८० मा नेपालको कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो। अर्थात् चालु आवको ६ महिनामा मात्र ८५ अर्ब १३ करोड बराबर सार्वजनिक ऋण थपिएको छ।

ऋणको साँवाब्याज तिर्न भने एक खर्ब १६ अर्ब ५८ करोड पाँच लाख बराबर खर्च भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x