Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एसिया–प्रशान्त क्षेत्र राष्ट्रहरूकाे तिनदिने सम्मेलन काठमाडाैंमा शुरू

एसिया–प्रशान्त क्षेत्र राष्ट्रहरूकाे तिनदिने सम्मेलन काठमाडाैंमा शुरू

काठमाडाैं, ९ माघ । अवैध साना हतियारको खतरालाई सम्बोधन गर्न एसिया–प्रशान्त क्षेत्र राष्ट्रहरूकाे तिनदिने सम्मेलन काठमाडाैंमा शुरू भएकाे छ ।

साना तथा हलुका हतियारकाे अवैध व्यापार राेक्न र उन्मुलन गर्न संयुक्त राष्ट्रसंघीय कार्यक्रमको चौथो समिक्षा सम्मेलनका लागि आयोजीत क्षेत्रिय तयारी बैठकमा युनाइटेड नेशन प्राेग्राम अफ एक्सनका सबै पक्ष र यसकाे इन्टरनेशनल ट्रेसिङ इन्स्ट्य्रमेन्टका बारेमा माघ ६ गतेदेखि ११ गतेसम्म छलफल हुनेछ ।

उस सम्मेलनमा चाैथाे समिक्षा सम्मेलनका मनाेनित अध्यक्ष काेष्टारीकाकी महामहिम मारिट्जा चान भाल्भेर्डे र निशस्त्रीकरण मामिलाका लागि संयुक्त राष्ट्रसङ्घकी उपसचिव एवम् उच्च प्रतिनिधि श्री इजुमी नाकामित्सु र एसिया क्षेत्रका २५ भन्दा बढी राष्ट्रका प्रतिनिधिहरु उपस्थित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा २००९ मा स्थापित UN PoA एक महत्वपूर्ण र राजनीतिक रूपले बाध्यकारी रुपरेखा हो । यसमा साना हतियारमाथि परिष्कृत राष्ट्रिय नियमावली, भण्डार व्यवस्थापन, आयात तथा निर्यात नियन्त्रण र अन्तर्राष्ट्रिय सहयोग लगायतका उपायहरूलाई अभिवृद्धि गर्न सदस्य राष्ट्रहरूका प्रतिबद्धता सामिल छन् ।

सन् २००५ मा भएको इन्टरनेसनल ट्रेसिङ इन्स्ट्रुमेन्टको सुरुवातले हतियारहरूको प्रभावकारी अङ्कन गर्ने र अभिलेख राख्ने आवश्यकतामा जोड दिँदै यस रुपरेखा लाई थप सुदृढ गर्यो र ट्रेसिंग कार्यलाई सहज बनायो । यी कदम अवैध हतियारहरूको व्यापारबाट उत्पन्न हुने चुनौतीलाई सम्बोधन गर्ने वैश्विक प्रयासका अभिन्न अंश हुन् र दिगो विकासका लक्ष्यका उद्देश्य अनरूप छन् ।

संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले आवधिक रूपमा न्युयोर्कमा २०८१ असार ३ देखि १४ सम्म हुने चौथो समीक्षा सम्मेलनमा प्रतिबद्धताको प्रगति सम्बन्धी समीक्षा गर्नेछन् । सो बैठकका लागि आधार तयार गर्न एक तयारी समिति बैठक २०८० माघ २९ देखि फागुण ४ सम्म बस्नेछ ।

चाैथाे समिक्षा सम्मेलनकाे प्रत्याशामा नेपाल सरकारसँगको सहकार्यमा एसिया तथा प्रशान्त क्षेत्रमा शान्ति र निशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसङ्घ क्षेत्रीय केन्द्र (UNRCPD) ले काठमाडौँमा यस तयारी क्षेत्रीय बैठकको आयोजना गरेको हो ।

क्षेत्र निर्दिष्ट साना हतियार तथा हलुका हतियारसम्बन्धी चुनौतीहरू पहिचान गर्न र Rev Con4 का लागि प्राथमिकताहरूबारे छलफल गर्न क्षेत्रीय बैठकले नागरिक समाज संस्थाहरू लगायत सहभागी राष्ट्रहरू तथा साना अन्य सरोकारवालाहरूलाई एक मञ्च प्रदान गर्नेछ ।

तीन दिने यस बैठकले प्रभावकारी राष्ट्रिय नीतिहरू तर्जुमा गर्ने, इन्टरनेसनल ट्रेसिङ इन्स्ट्रुमेन्ट प्रारूप मार्फत साना तथा हलुका हतियारको ट्रेसिंग बढाउने र माग तथा आपूर्ति नियन्त्रण गर्न रणनीति पहिचान एवम् तर्जुमा गर्ने जस्ता विभिन्न विषयमा विषयगत प्रस्तुति र समूहगत छलफल गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x