Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘बुक बिल्डिङ’ मा खुल्यो रिलायन्स स्पिनिङ मिल्सको आईपीओ, क–कसले दिन पाउँछन् आबेदन ?

‘बुक बिल्डिङ’ मा खुल्यो रिलायन्स स्पिनिङ मिल्सको आईपीओ, क–कसले दिन पाउँछन् आबेदन ?

काठमाडौं, १० माघ । रिलायन्स स्पिनिङ मिल्सले बुधबार देखि ‘बुक बिल्डिङ’ प्रक्रिया मार्फत् (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीको जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँ बराबरको १० दशमलव १४ प्रतिशतले हुन आउने शेयर बिक्री खुला गरेको हो । उक्त प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयर बिक्री हुनेछ ।

कम्पनीले १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक विल्डिङ्ग विधि मार्फत निष्काशन गरेको छ । सो मध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म कायम गरिएको छ ।

यो मूल्य भित्र रहेर नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई बोलकबोल प्रणाली मार्फत शेयर बिक्री गरिने छ ।

कम्पनीको प्रति शेयर नेटवर्थ १५० रुपैयाँ छ भने प्रतिशेयर आम्दानी ३२.९० रुपैयाँ छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x