स्वाभिमान लघुवित्तले बनायो शेयरधनीको हात खाली
काठमाडौं, १० माघ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
माघ ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। सोही अनुसार लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।