धनगढीका १ व्यापारीले गरे आफ्नै घरको ५ तलाबाट हाम फालेर आत्महत्या
काठमाडौं, १० माघ । धनगढीका १ व्यापारीले आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालकले ५ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका सन्तोष अग्रवाल बुधबार बिहान भवनबाट हाम फालेको दृश्य उनका छिमेकीहरूले कैद गरेका थिए ।
करिब ११ बजेर २० मिनेटमा ५३ वर्षका सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका थिए। त्यसपछि उनलाई उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो जहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।