Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१० अंकले घट्यो नेप्से परिसूचक

१० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, १० माघ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । बुधबार नेप्से १० दशमलव २५ अंकले घटेर २०८८ दशमलव शून्य ४ विन्दुमा बन्द भएको हो ।

बुधबार १ करोड १० लाख ४९ हजार ९४९ कित्ता शेयर ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

बुधबार कारोबारमा आएका कम्पनीमध्ये १५३ कम्पनीको शेयर मूल्य घटेको छ भने ८० कम्पनीको शेयर मूल्य बढेको छ । १४ वटाको स्थिर छ ।

चन्द्रागिरि हिल्स र मिड सोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको मूल्य १० प्रतिशतले घटेको छ ।
बुधबार सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स नै रहेको छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x