Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेप्सेमा १० अंकको वृद्धि

नेप्सेमा १० अंकको वृद्धि

काठमाडौं, १४ माघ । साताको कारोबार हुने पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।

कारोबारको अन्तिम दिन ३ अंकले घटेको बजार आइतबार १० दशमलव ३७ अंकले बढेर २ हजार ९४ विन्दूमा बन्द भएको हो ।

आइतबार १ करोड ७ लाख ५१ हजार कित्ता शेयर ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये १७३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७० कम्पनीको शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

नेप्सेका अनुसार मिड सोलु हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्यूत लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आइतबार सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड रहेको छ । उक्त कम्पनीको ३ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको हो ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x