Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

एनएलजी इन्स्योरेन्सको साधारणसभा फागुन ३ गते

एनएलजी इन्स्योरेन्सको साधारणसभा फागुन ३ गते

काठमाडौं, १९ माघ । एनएलजी इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा फागुन ३ गते बस्ने भएको छ । सभा आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको र आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, माघ २४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x