सोर्सिङ एट म्याजिक-२०२४ मा सहभागि हुन अमेरिका जाँदै नेपालका तयारी पोशाक व्यवसायीहरु
काठमाडाैं, २५ माघ । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डे नेतृत्वकाे ६ सदस्यीय प्रतिनिधि मण्डल अमेरिकाको लस भेगास शहरमा आयोजना हुन लागेको साेर्सिङ एट म्याजिक सहागि हुने भएका छन् । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको प्रतिनिधिको रुपमा फेब्रुअरी १३ देखि १५ सम्म अमेरिकाको लस भेगास शहरमा आयोजना हुने मेलामा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तर्फवाट पनि सहभागिता हुनेछ ।
उक्त मेलामा संघसँग आवद्ध सदस्य उद्योगहरु प्योर क्लोथिङ्गका तर्फबाट पशुपति देव पाण्डे, हिमालयन कटन एण्ड फेशन इन्टरनेशनल प्रालिका तर्फबाट बसन्त राज अधिकारी, युनाइटेड फेशन एण्ड निटिङ्ग प्रालिका तर्फबाट थोमनाथ बस्याल, शिवशक्ती गार्मेण्ट प्रालिबाट शिव प्रसाद भट्ट, जम्फा निटिङ्ग इण्डस्ट्रिज प्रालिका तर्फबाट सुरेश मान श्रेष्ठ तथा सेतीदेवी एक्सपोर्ट एण्ड इम्पोट प्रालिका तर्फबाट गणेशराज पाण्डेले आ–आफ्ना उद्योगहरुबाट उत्पादित नेपाली तयारी पोशाकहरु प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
विश्व फेशन बजारमा महत्वपूर्ण मानिएको माथि उल्लेखित मेलामा संघको सहभागिताबाट नेपाली तयारी पोशाक उद्योगको बजार प्रबद्र्धन गर्न सहयोग पुग्नाका साथै मेलामा उपस्थित अन्य बाह्य क्रेताहरुसंग द्यद्दद्य बैठक समेत सम्पन्न गर्ने कार्यहरुबाट सम्भाव्य थप बजारको पहिचान समेत हुने अपेक्षा गरिएको छ ।