Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

काठमाडौं, २५ माघ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला सुरु भएको छ । बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो प्रदर्शनीको उद्घाटन गरेकी हुन् ।

आजका दिनदेखि ५ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न कम्पनीका १५० ओटा स्टल रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ प्रविधिको नियमन र व्यवस्थापनका लागि कानून निर्माणको काम भइरहेको बताइन् ।
उनले संसारमा विकास हुने नयाँ नयाँ प्रविधिलाई हामी आत्मासाथ गरेपनि त्यसलाई नियमन र व्यवस्थित गर्न कुनै कानून नभएको भन्दै मन्त्रालय कानुन निर्माणको निम्ति युद्धस्तरमा जुटेको बताएकी हुन् ।

क्यान इन्फोटेकमा नेपालमै विकास भएको एआई जेनेरेटिभ सिस्टमदेखि नेपाली समाजलाई उपयोगी हुने विभिन्न सेवा र उत्पादनको विशेष प्रदर्शनी हुने महासंघका अध्यक्ष रणजीत पोदारको भनाई छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास भएको उनले उल्लेख गरे ।

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x