Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२.९० प्रतिशतले बढ्याे

नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२.९० प्रतिशतले बढ्याे

काठमाडौं, २५ माघ । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीकाे खुद नाफा १२.९० प्रतिशतले बढेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे  दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हाे।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्म कुल बिमाशुल्क आर्जन २,०००.०६ करोड रहेको छ, जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बिमाशुल्क १,८६२।७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको हो।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *